पचरौताका मेयरलाई २५ हजार जरिवाना

२६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गरेको भन्दै उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । आचारसंहिता उल्लंघन भएको ठहर गर्दै आयोगले मेयर जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

साथै नगरपालिकाको तलब भत्ता एवं प्रशासनिक खर्चबाहेक अन्य रकम निकास नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?