महोत्तरीको पररियामा दुई समुदायबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु

११ कात्तिक, जनकपुरधाम । महोत्तरीको भँगाहा नगरपालिका ८ पररियामा दुई समुदायबीच भएको विवादपछि स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

पररियाको दक्षिण बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पररियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म बिहीबार अपरान्ह ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु छ ।

बिहीबार बिहान ११ बजेको समयमा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले र्‍याली निकालेका क्रममा झडप भएको थियो । झडप नियन्त्रणमा खटिएएका १३ जना प्रहरीसहित १७ जना घाइते भएका महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका डीएसपी चन्देश्वर यादवसहित ६ र सशस्त्र प्रहरी बलका ७ जना गरी १३ जना सुरक्षाकर्मी र चारजना स्थानीय वासिन्दा घाइते भएका हुन् ।

झडप नियन्त्रणमा लिन प्रहरीले ३० राण्ड हवायफायर गरेको थियो । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । साम्प्रदायिक सद्भाव कायम गर्न बिहानैदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वपक्षीय बैठक जारी छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?