वीरगञ्ज कारागारका महिला कैदी बन्दीलाई साडी वितरण

११ कात्तिक, वीरगञ्ज । छठ पर्वको अवसरमा वीरगञ्ज कारागारका ८० जना महिला कैदीबन्दीलाई साडी तथा पिठो वितरण गरिएको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले महिला कैदी बन्दीलाई साडी वितरण गरेको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानका अनुसार कारागारभित्रका ८० जना र वीरगञ्ज–२७ मा २ सय २० जना गरी जम्मा ३ सय जनालाई साडी वितरण गरिएको हो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?