राजेन्द्रले छाडेको धनुषा २ मा अनिल झा बन्ने भए उम्मेदवार

२३ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा २ बाट अनिल झालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

सत्तारुढ गठबन्धनमा गएको लोसपाले धनुषा ३ सहित ७ प्रतिनिधिसभा क्षेत्र पाएको छ । यो क्षेत्रबाट २०७४ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निर्वाचित भएका थिए ।

तर उनी यो पटक सर्लाही २ जाने भएका छन् । झाले चुनाव लड्दै आएको रौतहट १ मा भने सत्ता गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्दैछन् । झा भने धनुषा ३ मा उम्मेदवार बन्ने भएका छन् ।

‘राजेन्द्रजी सर्लाही २ जानुभयो । पार्टीले जितेको क्षेत्र त्यतिकै छाड्नु पनि भएन, गठबन्धन पनि हुने भयो’ झाले भने, ‘नेताहरुको व्यवस्थापन गर्नुपर्ने हुँदा मैले त्यहाँ जाने निर्णय गरेँ ।’

यो क्षेत्रमा एमाले र जनता समानवादी पार्टीको गठबन्धनबाट जुली महतो उम्मेदवार छिन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?