पर्सामा दुईवटा खुट्टा काटेर फालिएको अवस्थामा मृत बाघ फेला

वीरगंज ३० असोज २०७९ : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा मृत पाटे बाघ फेला परेको छ। आइतवार बिहान राष्ट्रिय वनबाट करिब ३०० मिटर दक्षिण भलुवाही खोला नजिकै मृत बाघ फेला परेको हो।

मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको पाइएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ। बाघको मृत्यु तीन-चार दिन अघि भएको र मृत शरीरबाट दुर्गन्ध आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए।

मृत बाघको चितवनबाट आउने प्राविधिक विज्ञहरुको टोलीले पोष्टमार्टम गरेपछि थप विवरण सार्वजनिक गर्ने डिभिजन वन कार्यालयका प्रमुख सुवासचन्द्र दासले बताए।

हाल मृत बाघको शरीर सब डिभिजन वन कार्यालय बसन्तपुरमा राखिएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?