बारामा ५ सय ५५ वटा मतदान केन्द्र तोकियो, २ सय ६१ मतदान केन्द्र अति संवेदनशील

बारा ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बारामा ५ सय ५५ वटा मतदान केन्द्र तोकिएको छ । 

निर्वाचन आयोगले निर्वाचनका लागि बाराको ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत सरोज चौधरीले जानकारी दिनुभयो  । 

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनपछि थपिएको १२ हजार ७४५ मतदाता सहित जिल्लामा ४ लाख ३३ हजार ५सय४ मतदाता रहेको जनाएको छ । 

शान्ति, सुरक्षाको दृष्टिकोणले २ सय ६१ वटा मतदान केन्द्रलाई  अति संवेदनशील , २ सय ५ वटा मतदान केन्द्रलाई संवेदनशील र ८९ वटा मतदान केन्द्रलाई सामान्यको रुपमा वर्गीकरण गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । जसमध्ये महिला सङ्ख्या अधिक रहेको छ ।  

महिला मतदाता २ लाख ३६ हजार ८८० र १ लाख ९६ हजार ६१२ पुरुष मतदाता रहेका छन् । महिला पुरुष बाहेक अन्य समूह (तेस्रो लिङ्गी) १२ जना रहेका छन् ।  

जिल्लाको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता क्षेत्र नं १ मा रहेका छन् । सो क्षेत्रमा १ लाख १९ हजार ३७५ मतदाता र बाँकी ३ वटा संघीय निर्वाचन क्षेत्रमा भने १ लाख ३ हजार देखि १ लाख ५ हजारको हाराहारीमा रहेका छन् । 

जिल्लाको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ र ४ पूर्वाधार विकासको दृष्टिकोणले सबैभन्दा धेरै महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?