टी–२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

मधेसखबर
वीरगन्ज,१० कार्तिक : टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस त्रममा बिहीबार भारतले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ ।

अष्ट्रोलियाको सिड्नीमा भएको खेलमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाएपछि खेल भारतले जितेको हो ।

नेदरल्याण्ड्सका लागि टिम प्रिङ्लेले २० रन बनाए । सहरिज अहमद १६ रनमा नट आउट रहे भने बास डी लिड्स र म्याक्स ओडोड समान १६ रनमै आउट भए ।

भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । ओपनर केएल राहुल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले ५३ रन बनाए । उनले ४ चौका र ३ छक्का हाने ।

नेदरल्याण्ड्सविरुद्धको तेश्रो छक्कासँगै रोहित टी–२० विश्वकपमा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडी बनेका छन् । उनले ३३ छक्का हानेका युवराज सिंहलाई उछिनेका हुन् ।

नेदरल्याण्ड्सँगका खेलमा विराट कोहली ६२ र सूर्यकुमार यादव ५१ रनमा नट आउट रहे । कोहलीले ३ चौका र २ छक्का तथा यादवले ७ चौका र १ छक्का हानेका थिए । कोहलीले यसअघि पाकिस्तानलाई हराएको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेदरल्याण्ड्सका फ्रेड कलास्सेन र पउल भान मिकेरेनले १–१ विकेट लिए ।

 

The post टी–२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?