अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मधेसखबर
वीरगन्ज,१० कार्तिक : बाराको अमलेखगन्जमा जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्मेखगञ्जकै ५१ बर्षिया रुकैदा खातुनको मृत्यु भएको हो ।

अमलेखगञ्ज स्थित नेपाल आयल निगमको डिप्पोको पार्किङ स्थल पछाडीको जंगलमा घाँस काट्न गएका बेला खातुनलाई जंगली हात्तीले आक्रमण गर्दा उनि गम्भिर घाइते भएकी थिइन् ।हात्तीको आक्रमणबाट गम्भिर घाईते भएकी खातुनको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

The post अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?