
मधेसखबर
वीरगन्ज,२३ असोज : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको बलजफतिका कारण नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वन्चित भएका छन् । यसअघि २०७४ को निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट जितेका नेता रिजाललाई यसपल्ट भने देउवाको निर्देशनमा पार्टीले टिकट नदिएको हो ।
त्यहा कांग्रेसले स्वर्गीय गिरिजा प्रसाद कोइरालाकी छोरी सुजाता कोइरालालाई टिकट दिएको छ ।
कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल , संस्थापन इतर पक्ष शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी थिए । नेतृ कोइरालाले भने देउवालाइ सघाएका कारण देउवाले मोरङ २ मा रिजाललाइ पाखा लगाउदै कोइरालालाई टिकट दिएका हुन् ।
The post देउवाको बलजफती : मिनेन्द्रलाइ पाखा लगाएर सुजातालाइ टिकट appeared first on Madhes Khabar.
Tags:
news