गगन थापा सर्लाही नजाने , काठमाडौं ४ बाटै लड्ने

मधेसखबर
वीरगन्ज,२३ असोज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।

थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो ।स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महामन्त्री थापालाई काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेको थियो । थापाले काठमाडौं ४ नै रोजेका छन् ।

उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा काठमाण्डौ ४ बाटै सांसदमा निर्वाचित भएका थिए ।

The post गगन थापा सर्लाही नजाने , काठमाडौं ४ बाटै लड्ने appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?