पर्साको गदियानीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

सांकेतिक फोटो

प्रमोद यादव
पर्सा,२७ भदौं : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीमा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गदियानी टोल कै ४५ बर्षिया फुलमती देवी खातुन रहेकी छन् । आइतबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।

खातुनलाइ ठक्कर दिने प्रदेश नम्बर २–०३–२१प ९३०० नम्बरको मोटरसाइकल तथा त्यसका चालक र मोटरसाइकलमा सवार अर्का एक जना व्याक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

The post पर्साको गदियानीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?