मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

१९ भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यकाो उम्मेदवारका लागि सिफारिस गरेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए ।

०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका मुख्यमन्त्री राउत ९ हजार ८०४ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्दी विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए भने एमालेका उम्मेदवार शम्भु प्रसादले २ हजार ८७६ मत ल्याएर तेस्रो बनेका थिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?