एरोटेक उद्योग लुट्न आएका डाँका र प्रहरीबीच भिडन्त, दुईजना डाँका पक्राउ, वरिष्ठ सई घाइते

बारा, १९ भदौ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच  आइतवार राती गोली हानाहान भएको छ । 
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रा.लि.मा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो । 
डाँका समूहले एक राउन्ड फायर गर्दा जवाफमा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक बोगटीले भन्नुभयो ।
प्रहरी टोलीले उद्योगबाट दुर्ई जना डाँकालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
दुर्ई जना डाँकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ उपरीक्षक बोगटीले बताउनुभयो । 
घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउन्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुर्ई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।  १२र१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो ।  इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए ।
प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबिच दोहोरो भिडन्त भएको हो । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?