जनकपुरधाममा इन्द्र पूजा आजदेखि सुरु 

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्षझैँ यसवर्ष पनि विभिन्न कार्यक्रमसहित इन्द्र पूजाको आयोजना गरिएको छ । 

जनकपुरधामको मिल्स एरियामा २०२३ सालदेखि निरन्तर रुपमा मनाउँदै आएको इन्द्र पूजा यस पटक पनि मनाईदैछ । 

भदौ शुक्लपक्ष चौठी तिथिका दिन प्रत्येक वर्ष झैँ यस वर्ष पनि आकर्षक मूर्तिको निर्माण गरेर इन्द्र पूजा आयोजना गरिएको छ । 

दश दिनसम्म चल्ने इन्द्र पूजाको अवसरमा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । इन्द्र पूजा समितिले आयोजना गरेको पूजामा लाग्ने मेलामा दर्शन गर्नका लागि गाउँ गाउँबाट पनि ठूलो सङ्ख्यामा भक्तजनहरू सहभागी हुन गर्दछन् । 

यस वर्ष पूजा समितिले भगवान् इन्द्रको स्थायी मन्दिर नै निर्माण गर्ने पक्षमा रहेको पूजा समितिका सल्लाहकार मनोज साह क्रान्तिकारीले जानकारी दिनुभयो  ।

वर्षा एवं सहकालका देवताको रुपमा रहेको इन्द्र पूजाका दिन वर्षा हुने मान्यता अनुसार आज बिहान जनकपुरधाममा हल्का वर्षा पनि भएको छ 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?