काँग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस

मधेसखबर
वीरगन्ज ,१६ भदौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो।

बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताए।

शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए। २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए।

नेकपा एमालेबाट यो क्षेत्रमा रवीन कोइराला दाबेदार छन्। कोइरालाले २०७० को चुनावमा शर्मालाई हराएका थिए।

महामन्त्री शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट आफू चुनाव नउठ्ने बताइरहेका थिए। तेस्रो प्रयासमा चुनाव जित्ने दाबी उनको छ।

The post काँग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?