महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश

मधेसखबर
वीरगन्ज ,१६ भदौं : नेकपा माओवादी केन्द्रका युवा नेता महमुद अन्सारी जनता सममजवादी पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय निर्वाचन २०७९ मा वीरगन्ज महानगरपालीका वडा नम्बर १२ को वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका अन्सारी जसपामा प्रवेश गरेका हुन् ।उनिसंगै नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा नम्बर १२ का इकाई समितिका सह सचिव बिरेन्द्र गुप्ता, सदस्य हरिशंकर राऊत, सबिब अन्सारी ,विजय क्षेत्री ,मक्सुद अंसारी , लगायतका नेताहरू पनि जसपामा प्रबेश गरेका छन्।

काठमाडौंमा बिहीबार वन तथा वातावरण मन्त्री एवं जसपा नेता प्रदीप यादवले नवप्रवेशीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन्।त्यस अवसरमा जिल्ला समन्वय समिति पर्साका पुर्ब प्रमुख नेक महम्मद अन्सारी लगायतका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो ।

The post महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?