नेपालले आज निर्णयाक खेल केन्यासंग खेल्दै

फाइल फोटो

मधेसखबर

वीरगन्ज,१४ भदौं : नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज (मङ्गलबार) हुँदैछ ।

यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

यसअघि चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा नेपाल ७ रनले पराजित भएको थियो ।

पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।

The post नेपालले आज निर्णयाक खेल केन्यासंग खेल्दै appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?