नेपालका कृषि मन्त्रीको राजीनामा माग्दै बंगलादेशमा प्रदर्शन

मधेसखबर
वीरगन्ज,०३ भदौं : नेपालका कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बंगलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् ।

 

बंगलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषिमन्त्री सिंहको राजीनामा मागेका हुन् ।

 

पारित विधेयकले ३५ दिन तालिम लिएका ग्रामिण पशु सेवा कार्यकर्ता र पशु चिकित्सकलाई एउटै हैसियत प्रदान गरेको उनीहरुको भनाइ छ ।

 

 

The post नेपालका कृषि मन्त्रीको राजीनामा माग्दै बंगलादेशमा प्रदर्शन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?