रौतहटमा चोरीको मोटरसाइकलसहित दुर्ई जना पक्राउ

वीरगंज, ६ साउन । 
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुर्ई थान पल्सर मोटरसाइकलसहित दुर्ई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँँपालिका–३ का ३० वर्षीय महमद सननाउल्लह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए । विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसंधान शुरू गरिएको प्रवक्ता मल्लले बताएका छन् ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?