सुन–चाँदीको मूल्य घट्यो

६ भदौ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ५ सय र तेजावी सुन ९५ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सोमबार चाँदीको मूल्य एक हजार १६५ रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?