छात्रवृती निवेदन माग बारे सबै संस्थागत विधालयलाई महानगरपालिकाको निर्देशन


वीरगञ्ज , साउन २६ गते । वीरगं
ज महानगरपालिकाको कार्यपालिकाले वीरगञ्जमा भएका सबै संस्थागत विधालयहरुले प्रदान गर्नुपर्ने छात्रवृतिबारे निवेदन माग गर्न निर्देशन दिएको छ ।


महानगरपालिको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णद्वारा हस्ताक्षरीत सुचनामा वीरगञ्ज महानगरपालिकाको शैक्षिक निमावलीको नियम ५९ अनुसार संस्थागत विधालयले भर्ना भएका कुल विधार्थी संख्याको १० प्रतीशत विधार्थीलाई छात्रवृती दिनुपर्ने प्रावधान अनुसार सबै विधालयलाई छात्रवृतीकालागि निवेदन माग गर्न निर्देशन दिएको छ ।


कुल भर्ना संख्याको १० प्रतीशत लाई शत प्रतीशत मानि छात्रवृतीका लागि सबै वर्गमा कम्तीमा ५० प्रतीशत छात्रा हुने गरी छनौटका लागि निवेदन माग गर्न निर्देशन दिईएको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिँहका स्वकिय सचिव सत्यराज घिमिरेले जानकारी दिएका छन् ।



छात्रवृतीका लागि विधालयहरुले ३७ प्रतीशत जेहेन्दार विधार्थी , विपन्न वर्ग मध्ये ३६ प्रतीशत , जनजातीबाट १० प्रतीशत , दलित समुदायबाट ५ प्रतीशत , अपांगता भएकाहरुबाट ३ प्रतीशत , जनआन्दोलनका घाईतेका सन्ततीबाट  ३ प्रतीशत , शहिद परिवारको सन्ततीबाट ३ प्रतीशत , वेपत्ता परिवारको सन्ततीबाट २ प्रतीशत र मधेश आन्दोलनका घाईतेका सन्ततीबाट २ प्रतीशत छात्रवृती दिर्नैपर्ने महानगरपालिकाले जनाएको हो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?