जिराभवानी गाँउपालिकाका जनताले पनि ब्लड बैंकबाट निशुल्क रगत पाउने

वीरगन्ज,२६ साउन :  पर्साकाे जिराभवानी गाउँपालिकाले पनि गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने भएकाे छ ।


गाउँपालिका अन्तर्गतका वि
रामीहरुलाई आवश्यक पर्ने रगत वीरगन्ज स्थित रक्त सन्चार केन्द्र (ब्लड बैंक) बाट   निशुल्क उपलब्ध गराउन बिहिबार नेपाल रेडक्रस साेसाइटी पर्सासंग जिराभवानी गाउँपालिका कार्यालयले  सम्झाैता गरेकाे छ ।


गाउँपालिका अध्यक्ष अनाेज चाैधरीकाे राेहबरमा भएकाे सम्झाैतामा गाउँपालिकाकाे तर्फबाट प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता र रेडक्रस पर्सा शाखाकाे तर्फबाट सभापति विरेन्द्र राज कडेलले हस्ताक्षर गरेका छन् ।


दुई पक्षिय सम्झाैता अनुसार बिरामीकाे उपचारकाे क्रममा रगत आवश्यकताकाे चिकित्सकबाट गरिएकाे सिफारिसकाे आधारममा गाउँपालिकाकाे बासिन्दा भएकाे पहिचान खुल्ने गरी परिचय पत्रकाे आधारमा रक्त संचार केन्द्र वीरगंजले निशुल्क रगत उपलब्ध गराउनु पर्ने छ । साे वापतकाे रकत प्रति युनिट  एक हजार ५० रुपैयाँ शुल्क गाउँपालिकाले व्यवहोर्ने छ ।


गाउँ कार्यपालिका पहिलाे बैठकको निर्णय बमोजिम गाउँपालिका अन्तर्गतका बिरामीहरुकाे लागि निशुल्क रगत उपलब्ध गराउन दुई पक्षिय समझाैता भएकाे गाउँ कार्यपालिका सदस्य सराेज चाैरसियाले वताए । बिहिबार देखि नै  जिराभवानी गाउँपालिका अन्तर्गतका जनताले आफ्नो परिचय खुल्ने परिचयपत्र देखाए नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा संचालित रक्त संचार केन्द्र वीरगंजबाट निशुल्क रगत उपलब्ध हुने उनले जानकारी ।



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?