दुई मोटरसाइकल एकआपसमा जुध्दा दुईजनाको मृत्यु, एक घाइते

वीरगंज, १५ भदौ । बारा जिल्लाको वीरगंज–पथलैया सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।
 
आज दिउँसो १ः१० बजेको समयमा जितपुर सिमरा उ.म.न.पा.–२ पानी ट्याङ्कीनजिक सिमराबाट पथलैया जाँदै गरेको बा ९० प ६७९४ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको बा.प्र. ०६–००३ प १७५३ नं. मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
 
दुर्घटनामा बा ९० प ६७९४ नं. को मोटरसाइकल चालक रौतहट जिल्ला गुजरा गापा–७ परसवा बस्ने पारसनाथको छोरा वर्ष २५ को रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको र प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
त्यस्तै बा.प्र. ०६–००३ प १७५३ नं. मोटरसाइकल चालक सप्तरी बसवलपुर न.पा. ७ बस्ने जयकान्त पण्डितको छोरा वर्ष २८ को महेश पण्डितको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । उनको एल.एस. न्युरो परवानीपुर बारामा उपचारको क्रममा २ः४५ बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
 
यसैगरी मोटरसाइकलको पछाडि  बस्ने देवल चौधरीको छोरा वर्ष ३४ को भुपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको एल.एस. न्युरो परवानीपुर बारामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?