विश्रामपुर गाउँ पालिका बाराको वडा इलाकाबाट विगत ६ महिना भित्र ३ वटा ट्रास्फर्मर चोरी ।

पर्सा १३ जेठ / विगत ६ महिना भित्र विश्रामपुर गाउँपालिका बाराको विभिन्न वडा इलाकहरुबाट बिजुलिको पोलहरुबाट ३ वटा ट्रास्फार्मर चोरि भएकोछ । वडा न १ कल्याणपुरमा सिचाइको लागि डिप बोरिङमा जडान गरिएको ५० केभिको ट्रास्फार्मर ११ हजार भोल्ट भएको बिजुलिको पोलबाट तल उतारी ट्रास्फार्मर भित्र रहेका तामाको तार र तेल निकालि लगेको र अरु त्यही फालि गएको स्थानीयले बताएकाछन । स्थानीयका अनुसार ६ महिना भित्र छतवा , बतरा , लगायत यो तेश्रो चोरीको घटनाहो । यो चोरीको घटनाले यस एरियाका किशानहरु चिन्तित भएकाछन । कल्याणपुरको डिप बोरिङले हजारौ बिगहा खेतिकालाइ पानी उपलब्ध हुन्थियो । ट्रास्फार्मर चोरीको घटनालाई चांडो भन्दा चांडो छानबिन गरि चोरलाइ कानुनि दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण होस स्थानीय किशान अनिल सरार्फले बताए।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?