बारा २३ फागुण / सशस्त्र प्रहरी बल बाराले लागू औषध समेत एक भारतिय नागरिक लाई नियन्त्रणमा लिएकोछ ।
सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराको मातहतमा रहेको बिओपी बरैनियाको OFB छतवाबाट सशस्त्र प्रहरी
नायव निरिक्षक नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएको गस्ती टोलिले भारतबाट नेपाल तर्फ झोलामा बोकी आउन्दै गरेका शंकास्पद देखिएकोले चेक जाँच 

गर्दा
भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण हरपुर बडा न २ बस्ने महेन्द्र कुमार साहको छोरा बर्ष २२ को सोनु कुमार साहसंग रहेको प्रतिबन्धित लागू औषध( ओनरेक्स )२३२ बोतल समेत बरामद गरी मानिसलाइ नियन्त्रणमा लिइ आवश्यक कार्वाही को लागि जिल्ला प्रहरी कार्यालय पठाएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिए ।
