पर्सा १६ फागुण / सशस्त्र प्रहरी बल पर्साले एक गोदाममा
छापा मारी ४ लाख ५० हजार बराबरको किराना समान बरामद गरेकाछन । विशेष सुराकी को वि.म.न.पा-५ कुमाल टोल स्थित एक तले घरमा भण्डारण गरी राखेको अवस्थामा बि.ओ.पि. सिर्सिया, सशस्त्र प्रहरी निरिक्षक
प्रवीण दत्ता र स.प्र.बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपि) देबेन्द्र ब सिंहको संयुक्त टोलिले छापामारी अन्दाजी मुल्य ४,३१,५१०।-बराबरको किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा
बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साको सशस्त्र प्रहरी नायव उपरीक्षक(डिएसपी) एवँम प्रवक्ता संगम श्रेष्ठले जानकारी दिए ।
