बारा १२ फागुण / सशस्त्र प्रहरी बल बाराको बिओपि बरैनियाको एफ ओ बि बलिरामपुरमा आगलागि भएकोछ । आज दिउँसो करिब ३ बजे तिर बिधुत सर्ट भइ आगलागी भएको बुझिएको छ । आगलागीबाट सशस्त्र प्रहरीहरुले लगाउने पोशाक, हात हतियार तथा त्यसमा प्रयोग हुने गोलि लगायतका सामग्रीहरु जलेर नस्ट भएकोछ । घट्नास्थलमा अहिले सशस्त्र प्रहरी उपरीक्षक सहित प्रहरी हरुको बाक्लो उपस्थिति देखिएको छ भने आगो लाई
स्थानीय बासी, प्रहरी तथा वीरगञ्ज महानगरको दमकलको सहयोग बाट नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाकी रहेको छ ।
