झुट्टा विवरण पेस गरि नेपाली नागरिता र किर्ते सवारी चालक अनुमतिपत्र सम्बन्धमा जाहेरी दर्ता भएका अग्रावाल भन्छ प्रहरी र पत्रकारहरुको रेट लिस्ट मेरो गोजीमा छ



बिरगंज १० फागुण / भारतिय नागरिक निरन्जन कुमार अग्रवाल ( पिँकी सुपारीवाला ) झुट्टा   विवरण पेस गरि नागरिता लिन सफल भएकाछन ।भारत राजस्थानको सरदार सहर घर भएका अग्रवालले बिरगंज वडा न १३ हाल १० ठेगाना देखाइ जिल्ला प्रशासन कार्यालय पर्सा बाट २०६३/ ११/ १८ गते ना न ३४१०२२/७९ को नेपाली नागरिता लिन सफल भएकोछ । साथै सवारी चालक अनुमतिपत्र किर्ते गरि लिएकोमा त्यसमा उमेर १४ बर्ष ४ महिना १८ दिन देखिन्छ । अग्रवाल माथि  जिल्ला सरकारी वकिलको कार्यालय पर्साले स प्रमाण समेत जाहेरी मिति २०७६/१२/१४ गते मु द न ६८६ दर्ता गरेको देखिन्छ । हाल सम्म अग्रवाल लाई न त कुनै निकायले कार्वाही गरे न त कुनै निकायले नियन्त्रणमा लिएको देखियो । यता पिँकी सुपारीको नाम ले परिचित भएका बिरगंज को ठाकुृरराम क्याम्पस पछाडी चुइगम कारखाना खोलि भारतबाट आयत गर्ने क्रममा तस्करी मार्फत करोडौं राश्वव छलिको आरोपमा कयौं पटक 
उसको कारखानामा छापा समेत परि सकेको छ । अग्रवालले भन्छ प्रहरी र पत्रकारहरुको रेट लिस्ट मेरो  गोजिमाछ । मेरो कसैले केही गर्न सक्दैन ा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुँगेलले द न ६८६ को फाइल खोलि  कार्वाही गर्ने हो कि अग्रवाल को रेट लिस्टमा पर्ने हो । हेर्न बाकि छ ।



 



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?