यातायत कार्यालय गौरमा अवैध लाइसेन्स बिक्रि सुरु, प्रमुखले अफनो नातेदारलाई बीचौलियाको रुपमा पलिचालन गरे ।




रौटहट ०९ फागुण /रौतहट यातायात व्यवस्था कार्यालय गौरमा आर्थिक चलखेलमा सवारी लाइसेन्स बिक्रि गर्ने कार्य सुरु भएको छ । त्यस कार्यालयले सवारी लाइसेन्सका लागि लिखित तथा ट्रायल परीक्षा वा दुबै परीक्षामा फेल भएका व्यक्तिहरुसंग रकमी चलखेलमा सवारी लाइसेन्स बिक्रि गर्ने कार्य सुरु गरेको हो । 
ग़ौर यातायात व्यवस्था कार्यालयमा कार्यालय प्रमुख अरबिंद्र दासले कार्यालयका कर्र्मचारीलाई नै दलालको रुपमा परिचालन गरि विभिन्न सवारीको लाइसेन्सका लागि अहिले दर तोकेरै रकम असुली गर्न परिचालन गरेको चर्चाले व्यापकता पाएको छ । कार्यालय प्रमुख दासले अवैध लाइसेन्स बिक्रि गर्न कार्यालय सहयोगीको रुपमा काम गर्ने अजय दास,  अप्रेटर  भीखारी दासलाई परिचालन गरेका छन् । 
यति मात्र नभई तिनै दास र अप्रेटर को सहयोगमा त्यस कार्यालयमा डेलीरोजमा भर्ना गरिएका केही कर्मचारीहरुलाई समेत परिचालन गरि अवैध आर्थिक 


 सेटिङ्गमा विभिन्न सवारी लाइसेन्सको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेलाई लाइसेन्स बिक्रि गरिदै छ । 
तोकेरै घुस लिई अवैध तरिकाले लाइसेन्स बाड्ने कार्य हुने गौर यातायात व्यवस्था कार्यालय गौरको सर्वाधिक चर्चा कुनै नौलो कुरो होईन् । कार्यालयकै कर्मचारीदेखी दलाल, बिचौलियाहरुलाई परिचालन गरि पहिलेदेखी नै अवैध तरिकाले लाइसेन्स बाड्नमा सर्वाधिक चर्चा पाएको गौर यातायात व्यवस्था  कार्यालय गौरमा चितवन उपत्यका लगायत अन्यत्रबाट समेत लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेहरुलाई अवैध लाइसेन्स दिन कार्यालय प्रमुख दासका विश्वासपात्र तिनै, भीखारी र अजय मार्फत असुली भईरहेको कार्यालय स्रोतले समेत जनाएको छ । जुन क्ुराले अहिले सर्वाधिक चर्चा पनि बटुलेको छ । स्थायी कर्मचारी नभए पनि अफनो भाई लगायत आफनो नातेदार लाई डेली रोजमा भर्ना गरी त्यस कार्यालयमा अवैध तरिकाले लाइसेन्स बिक्रि गर्ने वापतको रकम असुली गर्ने मुख्य हर्ताकर्ता नै भिखारी र अजय रहेको बताइन्छ । 
घ्ुसको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा फेल भएकाहरुलाई लाइसेन्स दिने गरेको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परेको थियो।
यस अघि गत मंसीरमा १५ गते भएको ट्रायलमा समेत कार्यालय प्रमुखका विश्वासपात्र अजय र भीखारीले फेल भएका सेवाग्राहीहरुलाई पास गराउन पैसा लिएको भन्दै सार्वजनिक रुपमा पोल खुलेको थियो ।आर्थिक सेटिङ्गमा फेल भएकाहरुलाई पास गराउन अवैध आर्थिक लाभ लिन कार्यालय प्रमुख आरबिंद्र दास लगायतका कर्मचारी गिरोह संलग्न रहेको बताइन्छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?