बहुदरमाईमा चारवटा फुसको घरगोठमा आगलागी

वीरगंज, २१ जेठ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आगलागी हुँदा चार वटा फुसको गोठघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,पर्साका प्रवक्ता एवं डिएसपी दीपक गिरीले बताउनुभएको छ ।


छोटेलाल यादवले लामखुट्टे धपाउन बालिएको घुरबाट आज बिहान ७ः०० बजे अचानक आगलागी हुँदा स्थानीय छोटेलाल यादव, भुलन यादव, सन्त यादव, महन्थ यादवको फुसको गोठ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


आगो वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँँपालिकाबाट गएको तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनुभयो ।


यसैबीच, गएराति पर्साको कालिकामाई गाउँँपालिका वडा नम्बर ४ प्रशुरामपुर कटिबलुवा निवासी दीपेन्द्र महतोको घरमा आगलागी हुँदा डेढ लाख मूल्य बराबरको क्षति भएको छ ।


गएराति भान्साबाट अचानक सल्किएको आगोले घरमा आगलागी भएको थियो ।


आगलागीबाट ५० हजार नगद, लताकपडा, बर्तन भाडा, खाद्यान्न लगायतका सरसामान जलेर नष्ट भएको पीडितले बताएका छन् । आगोलाई स्थानीय बासिन्दाले तत्काल नियन्त्रणमा लिएको कारण ठूलो घटना नभएको प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?