सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेसखबर
वीरगन्ज,२२चैत : बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी सहित तीन जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासिनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखाका प्रमुख सुरेश प्रसाद यादव विरुद्धलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।तीनै जना विरुद्ध १ लाख ९९ हजार ८९७ रुपैयाँ विगो कायम गरी मुद्धा दायर गरिएको उनले बताए ।

कार्यालयमा कार्यरत रहदा मरासिनि सहित तीनै जनाले सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानि नोक्सानी गराएको आरोप अख्तियारको छ ।

The post सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?