सहकारीहरुलाई बलियो बनाउन महानगर तयार छ : मेयर सिंह

वीरगन्ज,२०चैत:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सहकारी संस्थाहरुलाई बलियो बनाउन महानगरले नीतिगत तथा व्यवहारिक रुपमा काम अगाडी बढाएको बताएका छन् ।

६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा वीरगन्जमा साेमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दैनिक कमाएर जीवन निर्वाह गर्नेहरुको सहारा रहेको सहकारीलाई बलियो बनाउन महानगर सँधै तयार रहेको बताए ।

तीन खम्बे अर्थ नीति अनुरुप सहकारी एक खम्बा रहेकाले यसलाई विश्वसनीय र सेवा चुस्त बनाउन सहकारीकर्मीहरुले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा महानगरका उपमेयर इम्तियाज आलमले केही सहकारीका कारण समग्र सहकारी बदनाम हुनु पर्ने अवस्था अन्त्य गर्न सहकारी संचालकले बदमासी गर्न नहुने बताए ।

कार्यक्रममा नेफस्कुनका हरेराम पटेलले स्थानीय सरकारले सहकारी दर्ता गरिदिएर मात्रै नभई उनीहरुलाई प्रशिक्षण तथा नियमनमा अग्रसर भइदिनु पर्ने बताए ।

कार्यक्रम अघि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ घण्टाघरबाट निस्केको प्रभातफेरी नगरपरिक्रमा पछि पुनः घण्टाघर पुगेर कार्यक्रममा परिणत भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारीकर्मीको सहभागीता रहेको थियो ।

The post सहकारीहरुलाई बलियो बनाउन महानगर तयार छ : मेयर सिंह appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?