चार डीआईजी एआईजीमा बढुवा

काठमाडौं,२४चैत : नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चार जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी) सन्दीप भण्डारी,सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गरिएको हो।चैत १३ गते बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, राईलाई अपराध अनुसन्धान विभागमा,भण्डारीलाई मानव स्रोत र मिरा चौधरीलाई कार्य विभागमा पदस्थापन गरेको हो।

The post चार डीआईजी एआईजीमा बढुवा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?