पर्सामा लाेसपाका नेताहरु जनमत पार्टीमा प्रवेश

मधेसखबर
वीरगन्ज ,१८चैत : पर्सामा लाेकतान्त्रिक समाजवादी पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
वीरगन्जमा शनिबार आयाेजित कार्यक्रममा लाेसपाका जिल्ला सचिव राजनारायण मिश्रासहितका नेताहरु जनमतमा पार्टीमा प्रवेश गरेका हुन् ।मिश्रासंगै लाेसपाकी महिला संगठनकि जिल्ला अध्यक्ष अंजना गुप्ता,लोसपाका वीरगन्ज महानगर सचिव संजय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद,मोबाइल एसोसिएशन पर्साका  अध्यक्ष महादेव शर्मा,युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह,रेखा सरार्फ, विणा श्रीवास्तव  लगायत १२० जाना जनमत पार्टी प्रवेश गरेकाे जनमत विद्यार्थी संघका अध्यक्ष राजुराज गिरिले जानकारी दिए।
जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहकाे प्रमुख आतिथ्यता एंव जिल्ला संयाेजक ओमप्रकाश सर्राफकाे अध्यक्षतामा भएकाे पार्टी प्रवेश कार्यक्रममा नजमा खातुन, सुजित चौरसिया,नरेश पटेल ,दिपेन्द्र यादव लगायतकाे पनि उपस्थिति थियाे ।
त्यसअवसरमै पत्रकार मुना ठाकुरको अध्यक्षतामा ९ सदस्यीय प्रेस जनमत संघकाे जिल्ला कार्य समिति पनि  गठन गरिएको छ।

The post पर्सामा लाेसपाका नेताहरु जनमत पार्टीमा प्रवेश appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?