मधेश सरकारले गर्‍यो मन्त्रालयहरुको नाम हेरफेर

१४ चैत, जनकपुरधाम। मधेस प्रदेश सरकारले मन्त्रालयहरूको नाम परिवर्तन गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको संख्या ११ नै यथावत् राख्ने गरी मन्त्रालयहरूको नाम समायोजन गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नुरहरि ख तिवडाले नाम हेरफेर तथा समायोजन भएपनि प्रमाणीकरण हुन भने बाँकी रहेको बताए ।

अब यो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहनेछन्।

साथै भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहनेछन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?