घट्याे सुनकाे भाउ

वीरगन्ज ,१३चैत : साताको दोस्रो दिन सोमबार आज सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजारमा झरेको छ ।

अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महहासंघले जनाएको छ ।

The post घट्याे सुनकाे भाउ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?