कष्टकर जीवन बिताइरहेका चिलझपटीका युवकलाई ह्वील चेयर सहयोग

मधेसखबर
वीरगन्ज,५चैत : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ चिलझपटीमा कष्टकर जिवन व्यतित गरिरहेका एक अपाङगता भएका युवकलाई परोपकारी संस्था जन सेवाले ह्वील चेयर प्रदान गरेको छ ।

चिलझपटीका मुन्ना कुमार झालाई ह्वील चेयर प्रदान गरिएको हो । स्वास्थ्यकर्मी अरविन्द गुप्ताले खरिद गरि दिएको ह्वील चेयर आइतबार झाकै घरमा पुगेर प्रदान गरिएको जन सेवाका संयोजक बृजेश्वर प्रसाद चौधरीले बताए ।

त्यसअवसरमा संस्थाका सदस्य रामअयोध्या महतो , स्थानीयवासी श्रीलाल यादव,सन्तोष कुशवाहा,धर्मराज ठाकुर लगायतको पनि उपस्थिती थियो ।

The post कष्टकर जीवन बिताइरहेका चिलझपटीका युवकलाई ह्वील चेयर सहयोग appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?