सिम्रौनगढमा आगलागी हुदा ६ घरगाेठ जलेर नष्ट

फाेटाे : नूरआलम बादशाहकाे फेसबुकबाट

बारा,१४चैत : बाराको सिम्रौनगढ़ नगरपालिका वडा नम्बर –२ रानिवास बजारमा आगलागी हुदा ६ वटा घरगाेठ जलेर नष्ट भएकाे छ ।

मंगलबार बिहान स्थानीय रामप्रीत हाजराको घरबाट सुरु भएको आगोले छिमेकी रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरविन्द मुखियाले बताए ।

रामप्रीत हाजराको गोठमा लाम्खुट्टे धपाउनका लागि बालिएको घुरबाट सल्केको आगोले आगलागी भएको हो।

आगोले भैंसी, मोटर साईकल, साईकल, मोटर, नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामानहरु पूर्णरूपमा जलेका छन् ।

बिहान ३ बजेदेखि लागेको आगो एक घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।

आगलागीबाट करिब १० लाख बराबरको क्षति भएकाे ईलाका प्रहरी कार्यालय सिम्राैनगढले जनाएको छ ।

The post सिम्रौनगढमा आगलागी हुदा ६ घरगाेठ जलेर नष्ट appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?