स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ

१७ चैत, जनकपुरधाम । स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना धनुषामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–२ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह छन् ।

बिहीबार अपराह्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवैजनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नं. को मोटरसाइकल चेक गर्ने क्रममा दुवैजनाको साथबाट स्रोत नखुलेको १४ लाख रकम बरामद गरिएको हो ।

मोटरसाइकल चालक जोगिन्द्रको साथबाट १० लाख र पछाडि सवार कृष्णको साथबाट ४ लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?