भारतसंग अस्ट्रेलियाकाे लज्जास्पद हार

काठमाडौं ,४चैत : अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ। शुक्रबार राति सम्पन्न खेलमा भारत ५ विकेटले विजयी भएको हो।

जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता लिएको छ। मुम्बई स्थित वानखाडे स्टेडियममा भएकाे खेलमा अष्ट्रेलियाले दिएको १ सय ८९ रनको लक्ष्य भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए।

अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अलआउट भएकाे थियो। उसका लागि मिचेल मार्सले सर्वाधिक ८१ रन बनाएका थिए ।

बलिङतर्फ भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३/३ विकेट लिएका थिए ।

दुई देशबीचको दोस्रो एकदिवसीय खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ।

The post भारतसंग अस्ट्रेलियाकाे लज्जास्पद हार appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?