वीरगन्जकाे सुखचैनामा राउण्ड टेबलकाे कार्यक्रममा ११२ जनाले गरे रक्तदान

मधेसखबर
वीरगन्ज ,४चैत : वीरगन्जमा राउण्ड टेबल नेपालकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा आयाेजित रक्तदान कार्यक्रममा १४ जना महिला सहित ११२ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा तपेश्वर महताे, किशोरी महताे, जितेन्द्र यादव, रामबाबु, मुरली पटेल लगायतका रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जले जनाएकाे छ ।

रक्तदान कार्यक्रममा वडा सदस्य किशाेरी महताे , समाजवादी युवा संघका सचिव सराेज यादव लगायतकाे पनि उपस्थिति थियाे ।

The post वीरगन्जकाे सुखचैनामा राउण्ड टेबलकाे कार्यक्रममा ११२ जनाले गरे रक्तदान appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?