मलमा अनुदान कटाैती गर्ने सरकारकाे निर्णय फिर्ता लिन किसान संघ पर्साकाे माग

मधेसखबर
वीरगन्ज ,३चैत : रासायनिक मलमा अनुदान कटाैती गर्ने सरकारी निर्णय फिर्ता लिन  नेपाल किसान संघ पर्साले
माग गरेकाे छ ।
फागुन २६ मा  सरकारले रासायनिक मलमा दिदै आएकाे अनुदानमा भारी मात्रामा कटाैती गर्ने निर्णय गरेकाे थियाे । उक्त निर्णयले रासायिनक मलकाे मूल्य बढ्दा किसानहरु मर्कामा परेका छन् ।
त्यसकारण मलकाे अनुदानमा कटाैती गर्ने सरकारकाे निर्णय फिर्ता लिन माग गर्दै किसान संघ पर्साले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाएकाे छ ।संघले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएकाे हाे ।
संघका पर्सा अध्यक्ष अरिवन्द त्रिपाठीले बुझाएकाे ज्ञापनपत्रमा सरकारले अनुदान कटाैती गर्दा यसअघि प्रतिकिलाे १४ रुपैया मूल्य पर्ने युरियाकाे मुल्य अब बढेर २५ रुपैयाँ पुगेकाे , प्रतिकिलाे ४३ रुपैयाँ रुपैया पर्ने डिएपि अब बढेर ५० रुपैयाँ र ३१ रुपैयाँ पर्ने पाेटास अब ४० रुपैयाँ पुगेकाे उल्लेख छ ।यसले सबै भन्दा बढि किसान र त्याेसंगै आम उपभोक्ता पनि मारमा पर्ने भएकाे किसान संघले  जनाएको  छ ।
सरकारकाे याे निर्णय असंवेदनशील भएकाे र यसले देशका ७० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्तामा मारमा परेकाे संघकाे विज्ञप्तिमा उल्लेख छ ।
सरकारले किसानलाई राहत दिने कार्यक्रम ल्याउनुकाे सट्टा किसानलाई थप मार पर्ने निर्णय गरेकाले उक्त निर्णय अविलम्ब फिर्ता लिनु पर्ने किसान संघकाे माग छ ।सरकारले याे निर्णय यथाशीघ्र फिर्ता नलिए किसानहरु सडक आन्दोलनमा उत्रिने चेतावनी समेत संघले दिएकाे छ ।

The post मलमा अनुदान कटाैती गर्ने सरकारकाे निर्णय फिर्ता लिन किसान संघ पर्साकाे माग appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?