नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौं ,६चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

The post नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?