चुनावकै विषयलाई लिएर सर्लाहीमा माओवादीद्धारा राजमार्ग अवरुद्ध

मधेसखबर
वीरगन्ज, २० कार्तिक : नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सर्लाहीको हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार माया बल माथि भएको आक्रमणको विरोध गर्दै र दोषि माथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् ।

सर्लाहीकी बल माथि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

पौडेललाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए ।साभार : अनलाइनखबर

The post चुनावकै विषयलाई लिएर सर्लाहीमा माओवादीद्धारा राजमार्ग अवरुद्ध appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?