निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्ष गुप्ता पक्राउ

२० कात्तिक, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ ।

निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?