बैशाख सम्म वीरगन्जको मुहार फेरिन्छ : मेयर सिंह

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१६ कार्तिक : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आउँदो बैशाख सम्ममा वीरगन्ज शहरको मुहार फेरिने दावी गरेका छन् । वीरगन्ज जितपुर गौशालाको ११६ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले आँउँदो बैशाख सम्ममा वीरगन्जको मुहार फेरिने गरी विभिन्न योजनाहरुमा काम भइरहेको बताएका हुन् ।

मितेरी पुल देखि गण्डकसम्मको सडक स्तरोन्नतीका साथै, फोहोर व्यवस्थापन, घण्टाघर, माईस्थान सौन्दर्यकरण लगायतका विभिन्न योजनामा काम भइरहेको मेयर सिंहको भनाइ छ । महानगरको एक्लो प्रयासले मात्रै वीरगन्ज स्वच्छ र सभ्य शहर बन्न नसक्ने बताउँदै मेयर सिंहले सबैको साथ र सहयोगको आवश्यक्ता पनि औँल्याए ।

कार्यक्रममा गौशाला सञ्चालन र सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौशालाका प्रबन्धक श्याम सुन्दर शर्मा, चिकित्कस हरेराम यादव र बाइपास दैनिकका प्रकाशक धिरज दारुकालाई मेयर सिंहले दोसल्ला ओढाएर सम्मान गरे ।

गौशालाका अध्यक्ष उद्योगपती विरेन्द्र संघाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, गौशालाका उपाध्यक्षद्वय रमेश अग्रवाल, सुनिल खेतान, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, महिला मंचकी पिंकी कानोडिया लगायतको उपस्थिति रहेको थियो । साभार : यात्राडेली

The post बैशाख सम्म वीरगन्जको मुहार फेरिन्छ : मेयर सिंह appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?