दुर्घटनामा गम्भीर घाइते भएका चोकटको मृत्यु

वीरगंज, १७ कात्तिक । 
दुर्घटनामा गम्भीर घाइते भएका एकजना व्यक्तिको आज बिहान मृत्यु भएको छ । कात्तिक १३ गते ९ः४५ बजेको समयमा वीरगञ्ज म.न.पा. वडा नं. ३२ चोर्नी मा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्री सोही ठाउं बस्ने वर्ष ५९ को चोकट महतोलाई ठक्कर दिएको थियो ।  टाउकोमा गम्भीर चोट लागि घाइते भएकोले उनलाई उपचारको लागी नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा बिहीवार विहान ५ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 
ट्याक्टर चालक सोही ठाउं वर्ष २० को धर्मेन्द्र यादव दुर्घटनापछि फरार भएकोमा प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?