पर्सामा छतबाट लडेर दुई वर्षीया बालिकाको मृत्यु

वीरगंज, १७ कात्तिक ।
घरको बालकोनीबाट लडेर एकजना दुई वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
 
कात्तिक १८ गते बिहान ११ः३० बजेको समयमा पर्सा, वीरगंज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरकी दुई वर्षीया छोरी सजना ठाकुर छतको बालकोनीमा खेल्ने क्रममा अनियन्त्रित भई अचानक जमिनमा लडेर गम्भीर घाइते भएकी हुन् । 

सजनालाई उपचारको लागी नारायणी अस्पताल वीरगंज र त्यसपछि एल.एस.न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा बेलुका ५ बजे सजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
ठाकुरको लास जाँच प्रकृति मुचुल्कालगायतको अनुसन्धान गरी पोष्टमार्टमकोलागी नारायणी अस्पताल वीरगंजमा पठाइएको छ ।   
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?