स्वतन्त्र उम्मेद्वार सिंह मतदाताको घरदैलोमा

मधेसखबर
वीरगन्ज,१९ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंह प्रति मतदाताको आकर्षण बढ्दै गएको छ । पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार सिंह मतदातामाझ लोकप्रिय बन्दै गएका हुन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै सिंहले चुनावी अभियानलाई पनि तिव्रता दिएका छन् । जनतासँगको भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिँदै सिंहले आफूलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।

सोही क्रममा सिंहले शनिबार बिहान आफ्नो क्षेत्रमा पर्ने बहुदरमाई नगरपालिका वडा नम्वर २ को बैरियाविर्ता र ध्यानसिंह पिप्रा सहितका टोलहरुका मतदाताहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

स्वतन्त्र उम्मेद्वार सिंहले वडा नम्बर २ का मतदातासँग भेटघाट गर्दै अब परिवर्तनका लागि स्वतन्त्रलाई मतदान गर्ने बेला आएको बताए । अब पनि जनताले सही र सक्षम व्यक्तिलाई मतदान नगरेमा पछुताउनुपर्ने भन्दै उनले सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।

सिंहसँगको भेटमा मतदाताहरुले अब दलका नेताहरुबाट विश्वास गुमेकाले स्वतन्त्रकै आश रहेको भन्दै आफूहरुले सिंहकै पक्षमा मतदान गर्ने विश्वास दिलाए ।

सामाजिक सेवामा निरन्तर क्रियासिल व्यक्ति र शैक्षिक क्षेत्रमा पनि लामो समय काम गरेको अनुभवी व्यक्ती भएकाले उनको विकल्प कोही नभएको मतदाताको प्रतिक्रिया छ ।

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा स्वस्फुर्त रुपमा मतदाताहरुले समर्थन जनाइरहेका छन् ।

 

The post स्वतन्त्र उम्मेद्वार सिंह मतदाताको घरदैलोमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?