पर्सा क्षेत्र नं. १ (ख)का स्वतन्त्र उम्मेदवार विशाल कुमार घरदैंलो कार्यक्रममा व्यस्त

वीरगंज, २० कात्तिक । 
पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार विशाल कुमारले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिजुलीको चिम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिएका विशाल कुमारले वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा घरदैंलो कार्यक्रमलाई निरन्तरता दिंदै मत मागिरहेका छन् । 
मेरो सर्वोपरी नै मतदाता हुनुहुन्छ । म त मतदाताकै सल्लाहमा स्वतन्त्र उम्मेदवार बनेको हु बताउने विशाल कुमार अब पालो युवाको, अब पालो बदलावको नारासहित चुनावी मैदानमा ओर्लिएका हुन् । स्वतन्त्र उम्मेदवारहरुप्रति मतदाताको आकर्षण बढिरहेकोले देश विकासको लागि युवाहरुलाई मतदान गर्नुपर्ने उनले बताए । जनताको सुखदुःखदमा सदैव साथ दिने बताउने विशाल कुमारले विजयी भएमा आफनो क्ष्Fेत्रको विकास गर्ने बताए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?